अाज मिति २०७५ साल मंसिर ४ गते मंगलबार गणेश भगवानकाे दर्शन गरि अाजकाे राशिफल पढ्नुहाेस्

मेषः– अपरान्ह पूर्व कामले गति लिने देखिन्न । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ । साँझपख केहि काम हुनेछन् । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । अरुको भर भने धेरै नपर्नु होला धोका हुनसक्छ ।

 

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर गुम्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । काममा रोकावट आउने संकेत देखिने छन्र । साँझपख खर्चमा वृद्धि हुनेछ । विश्वासमा धोका हुनसक्छ ।

 

मिथुनः– समग्रमा दिन अनुकुल देखिन्छ । कार्य सम्पादनका हिसावले अपरान्ह पूर्व बढि ठीक देखिन्छ । सहज तरिकाबाट कार्य सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ । आपरान्ह आय आर्जनका हिसावले राम्रो रहला । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

 

कर्कटः– समयमा पूर्ण सुधार देखिन्न तर सामान्य सुधार आउनेछ । पूर्वान्हमा गरेका काम भन्दा अपरान्हबाट शुरु गरेका काम बढि सफल हुनेछन् । काममा देखिएका समस्या कम भएर जानेछन् । ऋण लगानी गर्दा विशेष ध्यान दिनु होला । पठन पाठनमा सामन्य प्रगति हुनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ ।

 

सिंहः– गलत विचारले गलत मार्ग हिडाउनेछ । सकरात्मक काम कम हुनेछन् भने नोक्सानका काम बढि हुनेछन् । चिन्ताले छोड्ने छैन । आफन्त प्रतिको आस्था र विश्वास घट्नेछ । व्यापार व्यवसायबाट लगानी गरे अनुसारको उपलब्धि हात लाग्ने छैन । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउनेछ ।

 

कन्याः– दिन सामान्य देखिन्छ । काममा विलम्ब गर्नु भयो भने उपलब्धिका अवसर गुम्नेछन् । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । अपरान्ह देखि समय विस्तारै प्रतिकुल बन्नेछ काम गर्दा सचेत रहनु होला । अन्तिम चरणमा पुगेका काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउन सक्छ ।

 

तुलाः– दिन सामान्यतया अनुकुल नै देखिन्छ । विवादको अन्त्य हुनेछ । परिश्रमको प्रतिफल राम्रो निस्कने छ । गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ,आम्दानी बढ्नेछ ।

 

वृश्चिकः– दोमन गरेर काम नगर्नु होला । दृढ विश्वासका साथ अगाडि बढ्नु होला गरेका कामबाट लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । हृदयबाट सहयोग गर्ने कम हुनेछन् । स–साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

 

धनुः– समयले खासै साथ दिने देखिन्न । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक संरचनालाई नचलाउनु होला क्षय हुनसक्छ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । शरीरिक शिथिलता बढ्नेछ । अरुको काम गरेर जश पाईने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

 

मकरः– पूर्वान्ह कालमा गरेका धेरै जसो काम सफल हुनेछन् । त्यसैले समयको महत्व वुझेर समयमा काम सम्पन्न गर्नु होला । अपरान्हबाट समयले कम साथ दिनेछ । काम गर्ने उत्साहामा कमी आउनेछ । काम अनुसारको दाम हात पार्न कठिनाई हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्च विवाद बढ्न सक्छ ।

 

कुम्भः– दिनको अधिकाँश समय आज पनि प्रतिकुल देखिन्छ । उपलब्धिका काम ओझेमा पर्ने छन् । खर्चालु काम बढि हुनेछन् । लेनदेनका विषयमा सचेत हुन आवस्यक देखिन्छ । अपरान्हबाट लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अरुको भर नपर्नु होला,आफन्तबाट अल्प सहयोग मिल्नेछ ।

 

मिनः– समयमा गरेका काम सफल हुनेछन्,ढिला सुस्ति गरेमा उपलब्धि कम हात लाग्नेछ । ढिला गर्दा कार्य सम्पन्न गर्न धेरै मेहनत गर्नु पर्नेछ । सहयोगी घट्ने छन् । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक क्षेत्रमा प्रगति कम होला । अरुको कुरामा विश्वास गर्दा घाटा हुनेछ । व्यापार व्यवसायमा मन्दि लाग्न सक्छ ।   – पंडित श्रीकण्ठ सुराचार्य ।