शंका नगरौ स्थायी सरकारले विकासको जग बसाल्छ: उर्जामन्त्री पुन

काठमाडौं मंसिर ४। उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धी भएको बताउनुभएको छ । स्क्यापको २८ औ वार्षिक उत्सव कार्यक्रममा मंगलवार बोल्दै मन्त्री पुनले अवको गन्तव्य नै विकास भएको दोहोर्याउनुभयो ।

उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सवैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

 

‘सम्माननिय प्रधानमन्त्रीज्यूले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सहि होईन, हामीले यो विचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौ,छिट्टै देखिने गरी अरु काम हुन्छ ।’ कार्यक्रममा बोल्दै मन्त्री पुनले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री पुनले आफुहरु राज्यको शासन गर्ने तरीका नै बदल्ने गरी काम गरिरहेको दावी गर्नुभयो ।

 

विगतमा सरकार अस्थिर हुंदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पुर्ण ध्यान देशको विकास र समृद्धीका लागी जाने बताउनुभयो । उहाले वर्तमान सरकार पांच वर्षका लागी चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा समेत उहाले राख्नुभयो ।

 

‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न,तर हामी सवैले विगतजस्तो अस्थिर सरकार हो काम नगरे पनि हुन्छ भन्ने नसोचौ, यो सरकार स्थायी सरकार हो । हामीले मुलुकका लागी आ–आफ्नो ठाउंबाट योगदान दिनैपर्छ ।’ मन्त्री पुनले भन्नुभयो ।

 

उहाले धेरैले अरुलाई आरोपित मात्र गर्ने तर,आफुलाई प्राप्त जिम्मेवारी पुरा नगर्ने प्रवृतिले समस्या उत्पन्न भएको बताउनुभयो । मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग वसाल्न नसकेको प्रशंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दावी गर्नुभयो ।

 

कार्यक्रममा उहाले उर्जामन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठुला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नभयो । उहाले देश विकासको चालक शक्ति उर्जा र सिंचाई भएको भन्दै त्यसमा आफुले परिणाम दिने गरी काम गरिरहेको दावी गर्नुभयो ।

 

मन्त्री पुनले ८ मेगावाट दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको भन्दै त्यसबाट उत्पादन हुने विजुली भारत र वङगलादेशलाई बेच्ने जानकारी समेत दिनुभयो ।