अब सपना टुट्यो जर्साब !

सेनामा उ.र. अनुज बस्नेतले गरेको भ्रष्टाचारबारे उनको चरित्रको केही सत्य अंश पठाएका छांै । कृपया प्रकाशन गरी सबैलाई बोध गराई सेनाको अनैतिक कार्य बाहिर ल्याउने काममा सधैं झैं सहयोग गरिदिनुहोला धन्यवाद । हाल नेपाली सेनामा रिक्त रहेको रथीको पदोन्नति हुनुपर्नेमा वरियताको कारणले अनुज बस्नेत भएपनि उनको विवादस्पद शैक्षिक प्रमाणपत्र, चरित्र र संस्थाप्रतिको योगदानको मूल्यांकन गर्ने हो भने अनुज एक असक्षम, चतुर, घमण्डी अधिकृतमा पर्दछन् ।

 

जागिर खाँदा नै लप्टनको तालिममा खुट्टा भाँचिएको बहाना बनाई नक्कली पलास्टर लगाई ठगेर तालिम अवधि पूरा गरी सेकेन्ड लप्टन भएको हामीले सुनेका हौं । गणमा लप्टन भएपछि पनि माथिबाट भन्न लगाई सोर्सफोर्सका आधारमा जागिर खाई चाकडीकै भरमा लेबनानमा फुड अफिसर भएर सिपाहीको रासन बेचेर मस्ती गरेको चर्चा अहिले पनि आर्मी हेडक्वार्टरमा सुनिन्छ । त्यो जमानामा लाखौं कमाए । डडेल्धुरामा गुल्मपति हुँदा सिपाहीको रासन, सरकारी रकममा मस्ती गर्न कमाउन छाडेनन् ।

 

पेशागत योग्यतामा जिरो उपरथी अनुज बस्नेत आफ्नो नाता पर्ने भएकाले चीफ धर्मपालबर सिंह थापाले आफ्नो एडीसी बनाए, बल्लतल्ल नेपाली भाषमा स्टाफ कलेज पास गरे । अर्काको भ्वाइसमार्फत जाँच दिएर यूएन हेडक्वार्टरको इन्टरभ्यू पास गरी ३ बर्ष अमेरिकामा बसी करोडौं कमाए । गणपति र वाहिनीपति हुँदाको अनुजको अनैतिक कार्य र भ्रष्टाचार, ठेकेदारसँगको मिलेमतो गरी सिपाहीको गाँसको शोषण गरेको कहानी धेरै लामो छ ।

 

अनुजको श्रीमतीको चाकडीले पूर्व चीफ गौरव शमशेर राणालाई खुसी पारेर नेपाली भाषामा स्टाफ कलेज गरेको भएतापनि एनडीसी गर्ने अवसर पाएर सफल पनि भई उपरथी भएर राजेन्द्र क्षत्रीको कृपाले पदावधि पनि थपियो । यो माहोलसँगै धेरै नेपाली स्टाफ कलेजवालालाई चित्त बुझ्यो । ती मध्ये उपरथी देव सुवेदी र उपरथी कमेन्द्र लिम्बु हुन्, । देवकुमार सुवेदीले पनि रथी पाउने कि नपाउने कुनै ठेगान छैन । किनकि जर्नेल देवकुमारको पनि सर्टिफिकेट र नागरिकता विवादमा परेको, नेपालीमा स्टाफ कलेज गरेर र बाहिनीपति हुँदा ठेकेदारसँग मिलेमतो गरेर धनार्जन गरेको, सैनिक कोर्ट अफ इन्क्वाइरीमा परेकाले विावदस्पद रहेका छन् ।

 

यस्तै विवादस्पद जर्नेलकी श्रीमतीले गण, गुल्म, बाहिनी र पृतनासमेत चलाएर अनियमित काम मात्र गर्ने, धन र जग्गा जोडेका, अन्तर्गत युनियनबाट ठाडै १ लाख र ५ लाख लिएर आइज नत्र भने चिलिमै पार्छु भन्ने उपरथी शेखरसिंह बस्नेत पनि २०७५ मंसिर १ गतेबाट घर बसिसके । अनुज बस्नेत पृतनापति हुँदा भूकम्पको रकममा मोज गर्नु गरे । जर्नेलहरूले एकदिन नेपाली सेनाबाट रिटायर्ड हुनु पर्छ भन्ने हेक्का समेत नराखी मेरो बाउबाजेको बिर्ताजस्तो ठानेर धाक, घमण्ड रवाफ हामीहरू सबै अधिकृतले सह्यौं, हेरिरह्यौं ।

 

हामीलाई कहिलेपनि अधिकृत वा मान्छेको व्यवहारबाट अनुज बस्नेतले हेर्नुभएन रु अनि हामीले अनुजले गरेका सेनाप्रतिको अनैतिक काम, भ्रष्टाचार, अनुजको श्रीमतीको चाकडीको रुप, चुरीफुरी टुलुटुलु हेरिरह्यांै । लाग्थ्यो नेपाली सेनामा अनुजको यो चलाखीपूर्ण क्रियाकलापले उनी तीनतारे मात्र होइन चार तारे भ्याउन पनि बेर लाग्दैन । तर, अनुज जर्साब † चाकडी चाप्लुसीले संधै काम गर्दो रहेन छ भन्ने कुरा आज आएर पुष्टि भयो है न त रु सत्यको रुप देखियो ।

 

तपाई र तपाईकी श्रीमतीको चाकडी, चीफका रानी सा’बहरूलाई दामी दामी कोसेली, काजुपिस्ताको सिंगारिएको झोलाले का गर्दो रहेनछ, सबै समय गौरव चीफको पालामा जस्तो हँुदो रहेनछ भन्ने कुरा त घामजत्तिकै छर्लंग भयो है न त । पूर्णचन्द्र थापा चीफको पालामा सेनामा अब केही होला कि भन्ने खुसीको दीयो जागेको छ । तपाईको सपना अब टुट्यो भन्दा हुन्छ अनुज जर्साब १ तपाई र तपाईको श्रीमतीको गला, कला हामी नेपाली सेनाका सबै अधिकृतले कालान्तरसम्म सम्झिरहनेछौं । –चेतनशील अधिकृत नेपाली सेना ।