‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?


काठमाडौं मंसिर ७। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् । सर्वसाधारणको करबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए ।

‘वाइड बडी किन ल्याइयो, किन उडाइएन रु’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् रु ’ बैठकमा मन्त्री र सचिवहरु सहभागी थिए । यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।