डोटी दुर्घटना ज्यान गुमाएका १० जनाको सनाखत

डोटी मंसिर ७ – केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका १८ जना मध्ये १० जनाको सनाखत भएको छ ।

 

१. डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का ३५ वर्षकी शशी विक,

२. त्यही नगरपालिका वडा नं ११ की २५ वर्षकी गोदा भाट,

३. वडा ८ का ४० वर्षका कैलाश रावल 

४. ४० वर्षका योगेन्द्र रावल,

५. डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षका चक्र धामी

६. डोटी शिखर नगरपालिका–१० का रोहित बलायर

७. डडेल्धुरा जिल्ला गन्यापधुरा ३ का ३० वर्षकी माया रावल

८. कैलाली गोदावरी १० का पुरन कठायत

९. डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षका तिलक खाती 

१०. ३० वर्षका तेज धामीको

ज्यान गएको ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिनुभयो ।

 

प्रहरीका अनुसार ज्यान गुमाएका अन्य ८ जनाको सनाखत हुन बाँकी छ । बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।