पैसा मैले तिरेको भन्दै गायिका ज्योति मगरमाथि यौन दुव्र्यवहार चितवनमा

चितवन मंसिर ७ गायिका ज्योति मगरमाथि दुव्र्यवहार भएको छ । चितवनमा मंगलबार सम्पन्न एक सांस्कृतिक कार्यक्रमपछि आयोजकले खाना खाने बहानामा होटलमा लगेर दुव्र्यवहार गरेको ज्योति मगरले मध्यराति टेलिफोनमार्फत आफूलाई जानकारी गराएको पत्रकार रामजी ज्ञवालीले बताएका छन् ।

 

आफूलाई आयोजकमध्यका एक सदस्यले सेलिब्रिटी जस्तो मान्छे खुला ठाउँमा खाना खान हुन्न, सेक्रेट ठाउँमा खानुस कोठाको व्यवस्था छ भनी ज्योतिलाई भनेका थिए । तर, उनले आफू बसेको कोठामै खाना आउँछ भन्दा जान मानिन । ती व्यक्तिले ज्योति बसेकै कोठामा रक्सी मगाएर एकैछिन गफ गर्छु अनि निस्कन्छु भन्दै ११ बजेसम्म पनि निस्कन नमानेपछि ज्योतिले असुरक्षित महसुस गर्दै होटलका स्टाफसँग सहयोग मागेकी थिइन् ।

 

ज्योतिले नजिकको एक बहिनीलाई कोठामा बोलाएपछि ती व्यक्तिले नराम्रोसँग ज्योतिसँग छाडा मुख लगाए । भन्नु नभन्नु सवै भनें । कार्यक्रममा मैले बोलाएको हो, पैसा मैले तिरेको हो, यो कोठाको पनि भाडा मैले तिरेको हो, पख तेरो अब के गर्छु १ किन अरुलाई बोलाएको हो भन्दै ज्योतिमाथि खनिए ।

 

त्यसपछि ज्योतिले खुसुक्क प्रहरी बोलाएर ती व्यक्तिलाई जिम्मामा लगाएकी थिइन् । नानाथरी अपशब्द बोल्ने, मनपरी गर्ने, तेरो अब के गर्छु पख भन्दै आफूलाई मध्यरातमा धम्की दिने ती व्यक्तिको नियत एकदमै गलत भएको ज्योतिले बताएकी छिन् ।अहिले प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीले ती व्यक्तिलाई माफी माग्न लगाएर घटना थामथुम गर्ने प्रयास गरिरहेको बुझिएको छ ।