युवा नेताको गोली प्रहार गरि हत्या

कपिलवस्तु  मंसिर ८ – गत बर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख)  बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरि हत्या गरिएको छ ।

 

जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकैको सडकमा शुक्रबार राती करिब साढे आठ बजेको समयमा अज्ञात समुहले उनलाई गोली प्रहार गरेको थियो ।उनलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो ।

 

 

गोली लागेर गम्भिर घाईते भएका उनलाई लबनी स्थित स्थानिय अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका क्रममा भैरहवा पुर्याउदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोख्रेलले जानकारी दिए । गोली प्रहार भएको स्थानमा गोलीका ३, ४ खोका भेटिएको जनाउदै केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।