कात्तिक २८ गतेदेखि घरबाट बेपत्ता भएकी सपना मृत फेला

बझाङ, मंसिर ९ । गएको कात्तिक २८ गतेदेखि घरबाट बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । जयपृथ्वी नगरपालिका–७ सुबेडाकी १५ वर्षीया सपना बम मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

 

२८ गते घरबाट बेपत्ता भएपछि खोजी कार्यका लागि भन्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएका थिए । बालिकाको शव नदीको किनारमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कायालयले जनाएको छ । बालिकाको मोबाइल र चप्पल सेती नदीको छेउ ढुङ्गामा राखिएको अवस्थामा फेला परेको थियो ।

 

बालिकाले सेती नदीमा हाम फालेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । सपना सुनिपिपल चौर माविमा कक्षा १० मा अध्यनरत थिइन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।