फागुन १४ मा पूर्वजनमुक्ति सेनाको बृहत अन्तरक्रिया (बिज्ञप्तीसहित )


काठमाडौं मंसिर ९। दश बर्षे जनयुद्धमा प्रत्यक्ष रुपमा भाग लिएका जनमुक्ति सेना हरुको साझा संगठन ‘पूर्व जनमुक्ति सेना नेपालको दोस्रो बैठक मंसिर ७ र ८ गते काठमाडौंमा सम्पन्न भएको छ ।

वाईसिएल, स्वैक्षिक अवकाश र बर्हिगमित जनमुक्ति सेनाहरुको साझा संगठनको रुपमा रहेको उक्त संगठनले जनयुद्धका घाईते, अपांग, सहीद परिवार, बेपत्ता परिवारको आन्दोलनलाई आगामी दिनमा शान्तीपुर्ण आन्दोलनमा सहयोग गर्ने उक्त संगठनले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ । संगठनका संयोजक प्रविन तामाङ्ग द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा यहि फागुन १४ गते बृहत अन्तरक्रिया गर्ने समेत जनाइएको छ ।

 

समितीले नेपाल सरकार, राजनीतिक दल तथा सरोकारवाला निकायलाई ज्ञापन–पत्र बुझाउने समेत जनाएको छ । संगठनले आगामी दिनहरुमा नेपाली जनताको मुक्ति आन्दोलनमा निरन्तर सहयोगीको भुमीका निर्बाहा गर्ने संगठनका प्रवक्ता प्रशान्त भण्डारीले जानकारी दिए ।