नेप्से अदोहोरो अंकले घट्यो

काठमाडौं,  मंसिर ९।साताको पहिलो दिन आज आईतबार नेपाल स्टक एक्सचेन्ज दोहोरो अंकले घटेर बन्द भएको छ । आइतबार नेप्से १४ दशमलव ८२ अंकले घटेर १ हजार १ सय ६६ दशमलव ४३ को अंकमा आइ पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ३ दशमलव ०८ अंकले घटेर २ सय ४७ दशमलव ९८ अंकमा पुगेर बन्द भएको छ ।

 

आज कुल १ सय ५४ कम्पनीको ८ लाख ४० हजार ०५५ कित्ता शेयर खरिदबिक्री हुँदा २५ करोड ६ लाख ४२ हजार ४७५ रुपैयाँको कारोबार भएको छ ।

 

गत हप्ताको बिहिबार कुल १ सय ४३ कम्पनीको ७ लाख ७४ हजार ६८६ कित्ता शेयर खरिदबिक्री हुँदा २५ करोड २५ लाख १८ हजार ३५४ रुपैयाँको कारोबार भएको थियो ।

 

आइतबार कारोबारमा आएका सबै समूहहरु घटेका छन् ।यस दिन सबैभन्दा बढी कारोबार एनएमबि बैंक लिमिटेडको भएको छ । जसको आज ३ करोड ६५ लाख ३७ हजार शेयर कारोबार भएको छ ।

 

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा न्यादी ग्रुप पावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा लगभग ७ प्रतिशतले बढेको छ ।आइतबार सर्वाधिक गुमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । नेप्से खराबी भएका कारण यसको शेयर मूल्यमा ४६ दशमलव ०२ प्रतिशतले घटेको देखिएको छ ।