नेकपामा असन्तुष्टि :२१ भाइलाई वामदेव गौतमको साथ


काठमाडौं मंसिर १० ।नेपाल कम्युनिष्ट पार्टीका २१ केन्द्रिय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् । बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् ।

गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दैै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पोडेलमार्फत अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमदल दाहाललाई ज्ञानपत्र बुझाएका थिए ।

 

सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएको माग पन्छाउँदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कार्या विभाजन भन्नेमा शीर्ष नेताहरुबीच छलफल भएको थियो । त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेका थिए ।, आजको नागरिक दैनिकबाट ।