आज पनि ६ दशमलब ३५ अंबले घट्यो सेयर बजार ,नेप्सेमा पहिरो जानेक्रम रोकिएन

काठमाडौँ,  मंसिर १०। साताको दोस्रो दिन सोमबार आज पनि नेप्से घटेको छ । सोमबार नेप्से ६ दशमलब ३५ अंकले घटेर १ हजार १ सय ६० दशमलब २८ अंकमा पुगेको छ ।साताको पहिलो दिन आइतबार १४ दशमलव ८२ अंकले नेप्से घटेको थियो । आइतबार नेप्से १४ दशमलव ८२ अंकले घटेर १ हजार १ सय ६६ दशमलव ४३ को अंकमा आइ पुगेको थियो ।

 

सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ३० अंकले घटेर २ सय ४६ दशमलव ७२ अंकमा पुगेको छ ।

 

कुल १५५ कम्पनीको कारोबार भएको सोमबार कारोबार रकममा भने वृद्धि भएको छ । यसदिन ९ लाख९१ हजार ७ सय ३० कित्ता सेयर किनबेच हुँदा ३० करोड ८४ लाख ९५ हजार ८४ रुपैया बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार कुल १ सय ५४ कम्पनीको ८ लाख ४० हजार ०५५ कित्ता शेयर खरिदबिक्री हुँदा २५ करोड ६ लाख ४२ हजार ४७५ रुपैयाँको कारोबार भएको थियो ।