ब्रेथलाइजर विग्रियो, हरायो मापसे चेकिङ्ग

     शोभा जिसी

नवलपरासी, मंसिर १२।मादकपदार्थ सेवन गरे नगरेको चेकिङ्ग गर्ने मेसिन विग्रिए पछि नवलपुरमा मापसे  चेकिङ्ग गर्ने क्रम रोकिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र कहिले प्रहरीले प्रयोग गर्दै आएको मापसे चेकिङ्ग गर्ने मेसिन (ब्रेथलाइजर) विग्रिएको हो । ब्रेथलाइजर विग्रिएको ६ महिना जति भएको हो ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणराज शाहीले भने कहाँ बन्छ थाहा छैन त्यसैले नयाँ माग गरेका छौं ।शाहीले मेसिन विग्रिए पनि मापसे गरे नगरेको चेकिङ्ग हेरेर पनि थाहा हुने भएकोले बेला बेला चेकि· हुने गरेको दावी गरे ।

 

मापसे चेकिङ्ग  मा मापसे गरेका भेटिएकालाई एक रात प्रहरी परिसरमै राखेर भोलि पल्ट कक्षा लिएर एक हजार जरिवाना कटाएर आफन्तको जिम्मा लगाएर छाड्ने गरिन्थ्यो ।

 

ब्रेथलाइजर विग्रिए पछि त्यो क्रम हराएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने भन्दै सोको नियन्त्रणका लागि मापसे चेकिङ्ग गर्ने गरिन्छ । अर्कोतर्फ ब्रेथलाइजर विग्रँदा मापसे चेकिङ्ग बाट आउने राजश्वमा पनि घाटा लागेको छ ।