अाज मिति २०७५ साल मंसिर १३ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी अाजकाे राशीफल पढ्नुहाेस् र शेयर गर्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा चिताएको काममा केही अलमल हुनेछ। तापनि बुद्धिको उपयोगले अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। मान्यजनको सहयोग जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

अात्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। मध्याह्नदेखि दाजुभाइमा असमझदारी बढ्न सक्छ। बेलामा होस नपुर्याउँदा व्यावहारिक चुनौती आउन सक्छन्। आस लागेको काम बिग्रनाले लक्ष्यमा बाधा पुग्न सक्छ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बिहानै खर्चिलो समय देखिएकाले मध्याह्नदेखि नयाँ काम गर्न शुभ हुनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताइरहनेछ। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आम्दानी रोकिनाले तत्काललाई कर्जाको रकम लिनुपर्ने हुन सक्छ। पछिका लागि भने विभिन्न अवसर फेला पर्नेछन्।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। व्यापारमा राम्रै लाभांश देखा पर्नेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो प्रगति हुनेछ। आम्दानी बढ्नाले दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल पनि प्राप्त हुनेछ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो कामको जग बसाउने मौका छ। तर मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्नेछ। तापनि मिहिनेतले प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफल भइनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। तापनि परिश्रमले फाइदा दिलाउनेछ। मध्याह्नदेखि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारीका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउने हुँदा कम मात्र फाइदा हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्नेछ। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतिस्पर्धामा उत्रनुपरे पनि फाइदा हुनेछ। व्यापारको बहानामा रमाइलो यात्राको योग छ। आम्दानी बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पाइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्ययनमा पछि परिने भयले सताउनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। तापनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।