पाँच महिनादेखि १७ सय कर्मचारी जम्मेवारीविहीन


काठमाडौं मंसिर १३। देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब एक हजार ७०० कर्मचारी पाँच महिनादेखि जिम्मेवारीविहीन फाजिल छन्।अध्ययन र योजनाविना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका छैनन्।

विशेषज्ञ डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी जिम्मेवारीविहीन हुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावित भइरहेको छ। वीर अस्पतालमा पनि ४२ कर्मचारी दरबन्दीविनै काम गरिरहेका छन्। जसमा २० अनमी र २२ हेल्थ असिस्टेन्ट रहेको छ।

 

मन्त्रालयमा एघारौं तहका १० कर्मचारी दिनहुँ हाजिर गर्ने, घर फर्किने मात्रै गरिरहेका छन्। जसमा तीन विशेषज्ञ डाक्टर र अरु प्राविधिक कर्मचारी छन्। देशघर जिम्मेवारीविहीन हुने कर्मचारी स्वास्थ्य शिक्षा र जनस्वास्थ्यका बढी छन्। आजको कान्तिपुर दैनिकबाट ।