प्यासिफिक समिटमा प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय जोडीलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने
काठमाडौं मंसिर १४ । एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुखह हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ।
समिटको दोस्रो दिन आइतबार प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षककका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आर्शीवाद दिने उल्लेख। त्यसपछि उनीहरु मुन परिवारको अंग बन्ने सम्भावना आयोजकको दाबी रहेको छ। यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्वपूण्र्ण हुने छ।
कार्यक्रमको महत्व दर्शाउन सूचीको तल लेखिएको छ। दोस्रो दिनको पहिलो र दोस्रो सत्रमा जलवायु परिवर्तनको सम्बोधन र त्यसमा सञ्चारमाध्यमको भूमकिाबारे संगोष्ठी गरेपछि समापन सत्रमा दम्पतीहरुलाई आशीर्वाद दिन लागिएको हो। आयोजक युनिभर्सल पिस फेडरेसन नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालका अनुसार दोस्रो सत्रमा देशभरका मेयर र उपमेयरलाई निम्ता दिइएको छ। आजको कान्तिपुर दैनिकबाट ।