मोबाइल नेटवर्क वाईफाई भन्दा फास्ट बन्दैछ, थाहा पाउन पुरा पढ्नुहाेस्

काठमामडाै  मंसिर १५।  विश्वका विभिन्न देशहरूमा वाइफाइ इन्टरनेट भन्दा मोबाइल सञ्जालको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ। विभिन्न डण् देशहरुमा रहेको इन्टरनेटको डाउनलोड गतिको परीक्षणमा  देशहरु मा मोबाइल डाटाको इन्टरनेट भन्दा कम वाईफाईको गति कम देख्याे।

 

वायरलेस कभरेज म्यापिंग कम्पनी ओपन सिग्नल अनुसार अनुसार भविष्यमा फाइभ जी नेटवर्क आउँदा मोबाइल डाटाको गतिमा बढि वृद्धि हुनेछ। सर्वेक्षण गरिएका मध्ये बहुमत देशमा भने अनलाइन सर्फिंगका लागि वाइफाइ नै सबै भन्दा छिटो गतिको रूपमा रहेको छ।

 

ओपन सिग्नका अनुसार धेरै देशहरूमा वाइफाइ गति कमजोर हुनुमा वाइफाइ सिग्नल ुकन्जेसनु पनि एक कारणको रूपमा रहेको छ। एकै ठाँउ धेरै वाई वाईयाई नेटवर्क रहँदा वाइफाइ तरंगहरू तपाईमा जुध्ने वा गति कमजोर हुने समस्या उत्पन्न हुन्छ।

 

विश्वकै धेरै देशमा वाइफाई भन्दा मोबाइल इन्टरनेटको गति बलियो हुँदा पनि आममानिसमा मोबाइल नेटवर्क भन्दा वाइफाई नै उत्कृष्ट छ भन्ने धारणा छ र यस्तो आम धारणा गलत छ भनेर रिपोर्ट गरिएको छ।

 

अष्ट्रेलिया देश जस्तै वाइफाइ भन्दा मोबाइल डाटाको डाउनलोड स्पिड ज्ञघ एमबीपीईस फास्ट छ। त्यहि कतार, फ्रान्स, मेक्सिको, टर्की र दक्षिण अफ्रिकामा पनि मोबाइल नेटवर्क वाइफाई भन्दा तीव्र गतिको छ। उता हंगकङ, अमेरिका, थाइल्याण्ड, इजरायल र रुस देशमा भने भने मोबाइल इन्टरनेट गति भन्दा बढी वाईफाई गति झण्डै दुईब्बर बढी छ।

 

रिपोर्ट अनुसार फोर जी नेटवर्क उपलब्ध छण् देशमा टघ प्रतिशतमा मोबाइल नेटवर्क नै वाइफाइ भन्दा छिटो रहेको पाइयो। फाइभ जी आउँदा गतिको यो फरक झनै फराकिलो हुनेछ। तर विश्वका सबै भागमा फाइभ जी नेटवर्क पुग्न धेरै समय लाग्ने हुनाले संसारको सबै ठाँउ मोबाइल नेटवर्क वाइफाई भन्दा तेज हुन्छ बनी समय लाग्ने छ।

 

ओपन सिग्नलका अनुसार अब स्मार्टफोन निर्माताको लागि प्रयोगकर्तालाई मोबाइल सञ्जालबाट वाइफाइ सिग्नलफमा धकेलिनबाट रोक्न चुनौती। हालै चिनिया स्मार्टफोन कम्पनी होवावेले यस्तो फोन पनि बनाइसकेको छ जसले सबैभन्दा फास्ट नेटवर्क समात्छ। त्यहि सामसुङले पनि यस्तो स्मार्टफोन सिर्जना प्रयास गरेको छ जसले ब्राउजिङ गति बढाउनका लागि वाइफाइ र मोबाइल नेटवर्क दुबैको इन्टरनेट प्रयोग गर्छ। बीबीसी