निर्मला हत्या काण्ड: गृहमन्त्री वा प्रहरी प्रमुख बर्खास्त हुन सक्ने संकेत

काठमाडौं मंसिर १५। कंचनपुरकी १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तर सरकारले अपराधी पत्ता लगाउन नसकेको पनि साढे २ महिना भैसकेको छ।

 

बलात्कार पछि हत्या भएकोमा प्रहरीले सुरुवाति अनुसन्धानको नाममा प्रमाण मेटाउने काम गरेको पुरा विश्वले विभिन्न भिडियो क्लिपहरु मार्फत देखेको छ। प्रहरीले किन र कसकालागि प्रमाण नष्ट गर्ने काम गरेको भन्ने कुरा पनि जनताहरुको चाँसोको बिषय हुन गएको छ।

 

गृहमन्त्री रामबहादुर थापाले पनि सार्वजनिक रुपमा प्रहरीबाट गल्ती भएको बताइसकेका छन्। उनको कमाण्डमा रहेको प्रहरीले ‘ब्लण्डर’ गर्दा पनि कंचनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई पक्राउ गरेर अनुसन्धान गर्नकालागि के कुराले रोकेको छरु कसैलाई थाहा छैन।

 

प्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रहरी प्रशासनलाई राम्रो नेतृत्व दिन नसकेको र बर्खास्त गर्नु पर्ने आवाज नेकपा भित्र बढ्दै गएको नेकपाका एक नेताले बताएका छन्। प्रम अमेरिकाबाट फर्किने बित्तिकै उनलाई बर्खास्त गर्ने या नगर्ने कुराको छिनोफानो हुने लगभग पक्का भएको छ।

 

अपराधीको नजिक पुग्न असक्षम प्रहरीले गर्दा सरकार बदनाम हुन परेकोले पनि प्रहरी संगठन प्रमुख पहिलो निशानामा पर्नु स्वभाविक रुपमा नै हेरिंदै आएको छ। देशब्यापी नागरिकहरुले नजिकबाट हेरिरहेको निर्मला प्रकरणमा कुनै सफलता हात नलाग्नु सरकारको साखका रुपमा हेरिएको छ।

 

यसैक्रममा प्रहरी माहानिरिक्षक मात्र होईन गृहमन्त्रीको बर्खास्तीको प्रसंगहरु पनि उठिरहेको बताईएको छ। गृहमन्त्रीले पनि धेरै बोलेको तर काम केही नगरेर सरकारको साख गिराएको आरोप पार्टीका नेताहरु शिर्ष नेताहरुलाई नियमित लगाईरहने स्रोतले जनाएको छ।

निर्मला हत्याबारे चाहिँदो नचाहिँदो जवाफ दिएकै कारण गत बिहीबार संसदमै उनको राजीनामा मागिएको थियो ।

 

यदि उनले कार्वाही गर्न सकेनन् भने यो जगतले यसको दोषी बादललाई पनि ठहर्याउने छ । बादलले भनेका छन् – ‘सरकारले देशमा व्याप्त भ्रष्टचार, बलात्कार, तस्करी र ठगलाई नियन्त्रण गरी कारवाहीको दायरामा ल्याएकाले अपराधी जर्मुराएका हुन्, ‘यसैले पनि सरकार गिराउने ठूलो षड्यन्त्र र खेल हुँदैछ ।’

 

प्रधानमन्त्रीलाई निर्मला प्रकरणमा गलत सुचना दिईएको र त्यही अनुसार प्रमले नेपाल टेलिभिजनको एक कार्यक्रममा ‘ निर्मलाको शव मेयरको घरमा लगेको’ बताएका थिए। जुन कुरा पछि झूठो रहेको प्रमाणित भएको थियो।

 

यसरी प्रमलाई गुमराहमा राख्न सक्ने गृह नेतृत्वले अरु बिषयहरुमा पनि झुठो सुचना दिन सक्छ । यसरी नियमित झुठो सुचना पाईरहे प्रमले गर्ने निर्देशनहरु कसरि कार्यन्वयन होला भन्ने चिन्ता पनि नेकपा बृतमा ब्याप्त रहेको श्रोतले जनाएको छ।

 

झुठो सुचना दिनेलाई पनि कारवाहीको दायरामा ल्याउन प्रमको निर्देशन हुन सक्ने संभावना रहेको छ। यसक्रममा गृहमन्त्रीलाई नसिहत र महानिरिक्षक बर्खास्तसम्म हुनसक्ने संभावना रहेको श्रोतले जनाएको छ। नेकपाका अर्का प्रमुख नेता प्रचन्डले सरकारलाई कतिको सहयोग गर्छन त्यसमा सबै निर्भर रहने श्रोतले जनाएको छ।