सत्ता जोगाउन निर्मला पन्तका दोषीलाई लुकाएको

धनगढी  मंसिर १५  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकारले सत्ता जोगाउन बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई लुकाएको आरोप लगाएको छ।

 

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा निर्मलाका लागि न्यायिक अभियान सञ्चालन गरिरहेकी कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएकी हुन् ।

 

जसका कारण देशमा दिनप्रति बलात्कारका घटना बढिरहेको उनको दाबी छ। आज बिहान धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले सत्ता जोगाउन निर्मलाका हत्यारा लुकाएको दाबी गरिन। बलात्कारी र हत्याराहरुलाई संरक्षण गर्नेहरुलाई सरकारमा बसिरहने नैतिकता नभएको भन्दै तुरुन्त राजिनामा दिनुपर्ने तर्क समेत गरिन। खबर डबलीबाट