यातायात विभागको सर्बर ह्याङ

काठमाडौं, मंसिर १७ । यातायात व्यवस्था विभागको सर्बर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को आवेदन खुल्ला गरेकै दिन सर्बरले धान्न नसक्दा यस्तो अवस्था आएको हो ।

 

चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गतेदेखि खुलेकै दिन बन्द भएको थियो । यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ । वेबसाइट नै ह्याङ भएपछि अनलाइन फर्म भर्न चाहने नयाँ सेवाग्राही पनि अन्यौलमा परेका छन् ।

विभागले देशभरका यातायात कार्यालयमार्फत सो सेवा दिँदै आएको थियो ।

दैनिक लाइसेन्सको माग बढ्ने र ट्रायल–रिट्रायल० दिनेहरूको संख्या थपिने भएपछि यसअघि विभागले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर अनलाइन आवेदन सेवा बन्द गरेको थियो । पहिलोपटक ट्रायल दिनेहरूमध्ये ४० प्रतिशत मात्र उत्तीर्ण हुने गरेको बताउँदै विभागले ६० प्रतिशतले तीनपटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले संख्या थपिदै गएको जनाएको छ । नेपाल समाचारपत्रबाट