निर्मला हत्या प्रकरणःनिर्मलाको न्यायका लागि नयाँ बसपार्क बाट देशभरका विभिन्न जिल्लामा जाने गाडिहरुमा पोस्टर टासेर युवाहरुको आज पनि प्रदर्शन जारी

काठमाडौं ‘मंसिर १७ । बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको  लागि काठमाडौंको  नयाँ बसपार्कमा आज पनि  युवाहरुले  फरक किसिको प्रदर्शन जारी राखेका  छन् । आज दिउँसो ठिक १२;०० बजे भेला भयर  नयाँ बसपार्क बाट देशभरका विभिन्न जिल्लामा जाने गाडिहरुमा पोस्टर टासेर’ केही दिन यतादेखि जारी रहेको युवाहरुको प्रदर्शनले आज पनि निरन्तरता पाएको हो ।

‘सरकार भेटियो न्याय भेटिएन’, ‘निर्मलाहरुलाई न्याय खोई ? ‘हत्या, हिंसा सरकारकै धन्दा, के हुन्छ र लाजमर्दो योभन्दा’, ‘प्रहरी पनि बिकेछन्, नेताबाट सिकेछन्’ लेखिएको हाते पोस्टर बोकेका सयौँ युवा आज नयाँ बसपार्कमा भेला भयर पोस्टर सहित देखिएका छन् ।

 

निर्मलाको लागि न्यायका लागि विभिन्न नारा लेखिएको पोस्टर बोकेर आज नयाँ बसपार्कमा भेला भएका युवाहरुले घटनाका दोषीलाई पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै अभियुक्त पक्राउ गर्न नसकेको भन्दै प्रदर्शनमा उत्रिएका युवाले गृहमन्त्रीको राजीनामा समेत माग गरेका हुन्।निर्मलाको तस्बिर अंकित पोस्टर सहित सामाजिक अभियन्ताहरु पनि नयाँ बसपार्कमा  देखिएका  छन्।