अपाङ्गता दिवसको अवसरमा बालबालिकालाई न्यानो लुगा वितरण

डोटी, मंसिर १७ । २७औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा डोटीमा पाँच जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।दिपायल सिलगढी नगरपालिका र युएमएनको सहयोगमा अपाङ्ग सेवा संघ डोटीले पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा पढ्ने बौद्धिक अपाङ्गता भएका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो ।

 

न्यानो लुगा पाउनेहरुमा सुनिता मलासी, लक्ष्मी बिस्ट, आरती जोशी, बलबहादुर बलायर र शंकर थापा रहेका छन् । अपाङ्ग सेवा संघका अध्यक्ष रोशन बोगटीको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबिच प्रमुख अथिती जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐर र विशिष्ट अथिती दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले उनीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेका हुन् ।