वडा अधक्ष्यले गरे बैठककाे भत्ता जोगाएर गाँउमा खानेपानी धारा निर्माणमा गर्ने घाेषणा

मुगु ,मंसिर २०। खत्याड गाउँपालिका वडा  न.– ९ नखर्जीका वडा अधक्ष्यले गरे यस्ताे सरानिय कामकाे सुरूवात आफूले पाएको भत्ता जोगाएर गाँउमा खानेपानी धारा नव निर्माणमा खर्च गर्ने घाेषणा गरेका छन्।

 
वडा अधक्ष्य  नरेन्द्र बहादुर रोकायाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप रकम समेत लगानी गरेर गाउँमा १ वटा खानेपानी धारा नव निर्माण गर्नुहुने भएको हो । बैठकमा सहभागी भएबापत् लिएको ४० हजार ५ सय ५१ रुपैयाँ खर्चिएर रोकायाले व्यक्तिगत लगानीमा यसै वडाको गीमगाऊँको खानेपानी धारा नव निर्माण गर्नुहुने भएको हो ।

 

गत बर्ष २०७५ जेष्ठ २० गते अबिरल बर्षादले सो गाउँमा बाढी पहिराेका  कारण तातोपानी धारा बगाएर लिदा त्याहाँका जनताकाे अवस्था हेर्दा पानिकाे धारा निर्माण गर्न अन्त्यन्त जरुरी देखिएकोले आफूले पाएको भत्ता जम्मा गरेर खानेपानी धारा नव निर्माण लगाएकाे उहाँले बताउँनु भयाे  । खानेपानी धारा नव निर्माणको विषय प्रथामिकतामा परे सगै गाँउका सम्पूर्ण समुदयका मानिस खुशीले गदगद हुँदै वडा अधक्ष्य रोकायालाई बधाई दिएका छन् ।