नेपाल आइडलः रविले अाज ‘टप फोरमा पुग्नका लागि सबैलाइ भाेट गरि दिन अाग्रह

 
 काठमाडौं, मंसिर २०। ‘नेपाल आइडल सिजन २’ अन्तर्गत एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलबाट सुदूरपश्चिमको धनगढी अडिसनबाट आइडलमा एक मात्र बाँकी रहेका रविले सबैलाइ  भोट गर्न अावान गरेका छन् ।  

 

नेपाल आइडल सिजन–२ अन्तर्गत आज हुने अंकमा आइडलका मुख्य दाबेदार रवि ओडले ‘प्रिय तिम्रो सम्झना, भविष्यको कल्पना बोलको गीत गाइसकेका छन्।  यो गीतका वास्तविक गाएक सुरेश कुमार हुन् ।

 

अहिलेसम्म दमदार प्रस्तुति दिएका रविले आजको अंकमा पनि त्यही लय दोहोर्याका छन्।  उनले आफ्नो फेसबुकमार्फत सबैलाई भोट गर्न अनुरोधसमेत गरेका छन् ।

 

रबिलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।भोटिङ अहिले राति ८ः३० बजेबाट खुल्ला भएकाे छ, र शुक्रबार बिहान ११:५९ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले  Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

 

 रवि बाहेक नेपाल आइडलमा अब सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र बिक्रम बराल नेपाल आइडलमा बाँकी छन् । आजको प्रस्तुति ‘टप फोर’ मा पुग्नका लागि हो । कम भोटका आधारमा भोलि शुक्रबार एक प्रतिस्पर्धी बाहिरिने छन् ।