पूर्ववनमन्त्री विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं मंसिर २२। पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।

पाण्डेको कालिका कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको, मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि देखिएको अक्तियारको ठहर छ ।

 

उनीहरुमाथि अक्तियारले साढे ८ अर्ब बिगो दाबी गरेको छ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सिटिसिई कालिका जेभीका प्रमुख पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

 

अख्तियारले गरेको छानबिनमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भएको गुणस्तरहीन कामले राज्यलाई दुई अर्ब १३ करोड घाटा भएको पाइएको थियो । यो खबर आजको समाचारपत्रमा छ ।