निर्मला हत्या प्रकरणका विषयमा समितिलाइ जवाफ दिँदै आइजिपी खनाल

काठमाडौं मङ्सिर २४।निर्मला हत्या प्रकरणका विषयमा जवाफ दिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संसदको दिगो विकास तथा सुशासन समितिमा पुगेका छन्।

 

उनले कंचनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्या र बलात्कारका विषयमा जवाफ दिँदै छन्। हालसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि प्रहरीको आलोचना भइ रहेको छ। खनाल केहीबेर अघि सुशासन समितिमा पुगेका हुन्।

 

निर्मला पन्तको अनुसन्धान साँघुरो हुँदै गएको तर केही टेक्नोलोजीका कारण संगठनले अनुसन्धानमा समस्या देखिएको आइजिपी खनालको भनाइ छ।