कांग्रेस सभापति देउबाले अकस्मात गगन थापाको राजिनामा माग

काठमाडौं,  मंसिर २८ । उमेरले बुडो खाडो  अनि सोचले उस्तै संकीर्ण बन्दै गएका कांग्रेस सभापति शेरबहादुर देउबाले अकस्मात गगन थापाको राजिनामा माग गरे । उनको बिरुद्द बोल्ने नपाइने हो भने किन प्रजातान्त्रिक पार्टी मा आबद्द हुनुभयो देउबा जी  कम्युनिस्ट पारा भैहाल्यो नि   अनि शेर बहादुर देउबा बिरुद्द गगन थापा मात्र हैन साएद लाखौ कांग्रेसी जनता पनि बोलेकै छन् ।

 

गगन थापा ति लाखौ आवाजको प्रतिनिधि बनेर नेपालि कांग्रेसलाई शिखरमा पुर्याउन गरेका काम हरु शेर बहादुर देउबा लाइ फिटिक्कै मन परेको छैन ।  कुर्सि भनेको मात्र ओगट्न का लागि हैन , केहि कर्म गर्न का निम्ति पनि हो ।

 

कम्युनिस्टले देश लुटिरहेको बेला कांग्रेस पार्टी एक आपसमा मिलेर अगाडि बढेर आगामी चुनाब जित्ने उदेश्य छोडेर शेर बहादुर ज्यु भने आफ्नै पार्टी को जल्दो बल्दो नेता हरु को खोइरो खन्दै बस्नुभएको छ ।  एसले समग्र काँग्रे र कांग्रेसी मन लै चोट पुर्याएको छ १ देश बनाउने भिजन अनि संकल्प भएका युवा नेता गगन थापालाई हजुरले पार्टी सुम्पिने हो भने येति कुरा ग्यारेन्टी छ , नेपालमा कांग्रेस बाहेक अरु पार्टिले राज गर्न सक्ने छैन ।

 

नेपाली कांग्रेसका वरिष्ठ नेता  मचन्द्र पौडेल र गगन थापाको राजीनामा माग गरिएको छ । सभापति शेरबहादुर देउवाले आफूले मनोनित गरेका सदस्यहरुले आफ्नो विरोध गरेको भन्दै केन्द्रीय समितिबाट राजीनामाको माग गरेका हुन् ।

१३ औँ महाधिवेशनमा सभापति र महामन्त्रीमा क्रमशः पौडेल र थापा पराजित भएपछि सभापति देउवाले केन्द्रीय कार्यसमितिमा मानोनित गरेर लगेका थिए ।

 

देउवामाथि पार्टीमा विकृति भित्र्याएको आरोप लागेपछि उनले यस्तो विकल्प छानेका हुन् । देउवाको भनाई उदृत गर्दै कांग्रेस निकट स्रोतले भन्यो, ‘मैले गर्दा मात्र पार्टी लथालिंङ भएको मात्र हो र रु आफूलाई गाली गर्न छाड्नुहोस् ।

 

पौडेलजीका कारण अनुशासन आयोग बन्न नसकेको हो । अनुशासन आयोग बनेको भए यस्तो अवस्थानै आउने थिएन । सबै दोषलाई मात्र लगाएर तपाईहरु चोखो छु नसोच्नु होस् ।

 

गत वर्ष सम्पन्न निर्वाचनदेखि विभिन्न निकायमा हुने नियुक्तिमा समेत भागबन्डाका आधारमा निर्णय भएकोले सबै पार्टीले गरेका राम्रा नराम्रा कामको भागेदार सबै हुनुपर्नेमा देउवाको तर्क थियो ।