हतियार किनेको सवा तीन अर्ब भारतलाई तिर्दै नेपाल

काठमाडौं , पुस ४ । सरकारले सेनाको लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ । नेपालले ०६३ पछि हतियार गोलगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।

 
सैन्य मामिलाबारे शुक्रबार काठमाडौंमा बसेको द्धिपक्षीय परामर्श समुहको १३ औँ बे७कमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ ।यसअघि सरकारले उक्त रकम मिनाहा गर्न कुटनीतिज्ञ च्यानलमार्फत आग्रह गरे पनि भारतले चासो देखाएको थिएन । नेपालको आग्रहमा भारतले जवाफ नै फर्काएन ।  आजको नयाँ पत्रिकाबाट।