१५२ जना फरार अपराधी विभिन्न अपराधमा संलग्न पक्राउ


नुवाकोट पाैष ४।विभिन्न अपराधमा संलग्न भएर अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गर्न अभियान सञ्चालन गरिरहेको छ । जिल्लामा एक वर्षमा १५२ जना फरार अभियुक्त तथा अपराधी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत वर्षको मङ्सिरदेखि हालसम्म सो सङ्ख्यामा फरार अभियुक्त तथा अपराधी पक्राउ गरी कानूनी कारवाहीका लागि बुझाइएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । अदालतबाट दोषी ठहर भई फरार भएका र अदालती प्रक्रिया बाँकी रहेका गरी दुवै किसिमका अभियुक्त तथा अपराधीको खोजी तीब्र बनाएर पक्राउ गरिएको उनले जानकारी दिए ।

 

प्रहरीले फरार अपराधी पक्राउ गरेर कैदसहित रु १९ लाख ५२ हजार ४८१ जरिवाना असुल गरेको छ । सो अवधिमा जुवातास खेल्नेबाट रु नौ लाख ८६ हजार ३३०, अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनबाट रु चार लाख ७० हजार, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी सुाधनबाट रु एक करोड ७८ लाख ९० हजार जरिवाना सङ्कलन भएको र १४ हजार गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ । रासस