निजी विद्यालयको घोषणा: सामजिक सुरक्षा कोषमा सुचीकृत हुँदैनौ

काठमाडौं, पुस ५ । मुलुभर संचालित निजी विद्यालय सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुने जनाएका छन् । प्याब्सन सचिवालयको बैठकले प्याब्सनका सबै प्रदेश, जिल्ला कार्यसमिति र स्थानीय कार्यसमितिलाई गोप्य सर्कुलर गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुन निर्देशन दिएको छ ।

 

सरकारले नया नेपाल नया युगमा प्रवेश गरेको र सबै निजी क्षेत्रमा कार्यरत मजदुरलाइ योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता जीवित रहेसम्म निवृत्तिभरणको व्यवस्था गर्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेको थियो । तर प्याब्सन लगायतका निजी विद्यालयका संगठनले ले पछिल्लो समय सरकारले निजी विद्यालयप्रति गरेको व्यवहार प्रति आक्रोशित जनाउदै उक्त कोषमा सुचिकृत नहुन आब्हान गरेको छ ।

 

प्याब्सनले गएको मंसिर २७ गते आफ्ना मातहतका निकायलाई परिपत्र गर्दै सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष आकर्षक र सकारात्मक हुँदाहुँदै पनि विशेषतः विद्यालय शिक्षा क्षेत्रमा यसको व्यवहारिक कार्यान्वयनको पक्ष अत्यन्तै जटिल र चूनौतिपूर्ण रहेको जनाउदै सुचिकृत नहुन निर्देशन गरेको हो । नेपाल समाचारपत्रबाट