छाउनीको जग्गा माग्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी सर्वोच्च पुगिन्


काठमाडौं ,पुस ६ ।पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले छाउनीमा रहेको जग्गा माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार निवेदन दर्ता गरेकी छन् । प्रेरणाले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी हुन् ।

तत्कालीन राजा वीरेन्द्रको नाममा छाउनीमा रहेको १५ रोपनी जग्गासहित घर २०७३ माघ २१ गते नेपाल ट्रष्टमा ल्याउने सर्वोच्चले फैसला सुनाएको थियो। तत्कालीन प्रधानन्याधीश सुशीला कार्की, न्याायधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको संयुक्त इजलासले दाइजोका रुपमा प्रेरणाले पाउने भनी भएको उक्त फैसला उल्ट्याएको थियो।

 

पूर्वप्रधानन्याधीश रामकुमार प्रसाद साह र प्रस्तावित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको इजलासले उक्त जग्गा दाइजोको रुपमा प्रेरणाले पाउनुपर्ने फैसला सुनाएको थियो। नेपाल ट्रस्ट र काठमाडौं महानगरपालिकाले उक्त जग्गा ३५ दिनभित्र घरजग्गा खाली गर्न गत वैशाख २५ मा प्रेरणालाई पत्र समेत लेखेको थियो ।

 

जब दरबार हत्याकाण्ड भयो र नयाँ राजाका रूपमा ज्ञानेन्द्र शाहले गद्दी सम्हाले, त्यसपछि वीरेन्द्रको नाममा रहेको अधिकांश सम्पत्ति ज्ञानेन्द्र शाहले आफू र आफ्ना नातेदारका नाममा गराएका थिए ।