सरकारी छात्रवृत्तिमा पढेका ७२ विशेषज्ञ चिकित्सक लाइसेन्सविहीन

काठमाडौं, पुस ११ । देशमा विशेषज्ञ डाक्टरको अभाव छ, तर सरकारी छात्रवृत्ति विशेषज्ञ ९एमडी० गरेका ७२ चिकित्सकले लाइसेन्स नै पाएका छैनन्।

लाइसेन्स अभावमा उनीहरूको ‘पोस्टिङ’ हुन सकेको छैन। नयाँपत्रिका दैनिकमा समाचार छ, चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्तिप्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अनुसार स्वास्थ्य मन्त्रालयले ७२ चिकित्सकलाई सरकारी शिक्षण संस्थाहरूमा एमडी गराएको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

 

देशभर विशेषज्ञ चिकित्सक अभाव भएको वेला सरकारले तीन वर्षअघिबाट नियमित रूपमा सरकारी शिक्षण संस्थामा एमडी पढाउन सुरु गरेको थियो। ‘चिकित्सकहरूको पोस्टिङ रोकिँदा सेवामा गम्भीर समस्या देखा परेको छ’, स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका एक अधिकारीले भने।