मेलम्चीको पानी, अझै दुई वर्ष कुर्नुपर्ने !

काठमाडौं, पुस १४ । सरकारले गत दशैंमा नैं काठमाडौंमा मेलम्चीको पानी आउने आश्वासन दिएपनि अझै दुई वर्ष पानी नआउने पक्का भएको छ ।आयोजना निर्माणको जिम्मा लिएको मुख्य ठेकेदार कम्पनी सीएमसीको धरौटी रकम उच्च अदालतले रोकिदिएपछि आयोजनाको काम लथालिंग भएको हो ।

 

सर्वोच्च अदालतले बिहीबार सीएमसीको २ अर्ब ५६ करोड रुपैयाँ बैंक धरौटी जफत गर्न आदेश दिएको थियो । कम्पनीले रकम खुला गर्नुपर्ने भन्दै सरकारविरुद्ध उच्च अदालतमा मुद्दा हालेको थियो । मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले सीएमसीको विपक्षमा अन्तरिम आदेश दिएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।