लागूऔषध ट्रकको बडि र क्यावीनमा लुकाएर ओसारपसार,गर्ने ४ जना पक्राउ

काठमाडौं, पुस १६ । पर्सा र कञ्चनपुरबाट अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगंज महानगरपालिका(३१ बेल्वास्थितबाट १ सय ६० केजी अवैध लागूऔषध चरेश सहित मकवानपुर हेटौँडा उपमहानगरपालिका(१२ पदमपोखरी बस्ने २९ वर्षीय सागर बललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

मकवानपुर मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको ना.४ ख.२९८५ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा ट्रकको बडि र क्यावीनको बिचको भागमा फल्स बटम बनाई लुकाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी चालक बललाई प्रहरीले पक्राउ गरेको हो ।

 

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-९ आदर्शनगर नजिकबाट काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने २८ वर्षीय रितू थापा र २१ वर्षीय सुबिना नगरकोटीलाई नियन्त्रित लागूऔषध डाईजेपाम ६१ एम्पुल, फेनारगन २२ एम्पुल र नोर्फिन १७ एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा शंका लागी जाँच गर्दा उक्त लागूऔषध सहित उनीहरुलाई फेला पारी पक्राउ गरको हो ।

 

कञ्चनपुर पुनर्वास नगरपालिका(११ स्थित डोकेबजारबाट कैलाली धनगढी उपमहानगरपालिका(२ बस्ने २८ वर्षीय राजेन्द्र जोशीलाई SPM-PRX+WOCKHARDT लेखिएको क्याप्सुल ६१ थान र लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा शरीरमा लुकाइ छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।