इन्धनको मूल्य घटेसँगै हवाइ भाडा घट्यो ,कुन रूटको कति हेर्नुहोस् लिस्टसहित

काठमाडौं ,पुस २७।  नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले घटाएको भोलिपल्ट आन्तरिकतर्फको हवाई भाडा पनि घटेको छ ।

 
एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको शुक्रबार बसेको बैठकले आन्तरिकतर्फ पुस २९ गतेदेखि लागू हुनेगरी काठमाडौंबाट विभिन्न क्षेत्रको हवाई भाडा ९० रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो।

 

आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय भएपछि हवाइ भाडा पनि घटेको हो। साविक १ सय ४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको थियो।

समायोजनपछिको हवाई भाडा यस्तो छ

माउण्टेन फ्लाइट ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज १०,००० रुपैयाँ
काठमाण्डौ–भद्रपुर ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार ६,००० रुपैयाँ