श्रीमतीले जबरजस्ती करणी गरेकाे भन्दै आफ्नै श्रीमानलाइ मुद्दा दर्ता

डोटी ,फागुन ५ । जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् ।

 

श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए

 

आफ्नै श्रीमान्ले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो घटना हो । डिल्लीराज र कल्पनाबीच विवाह भएको करीब आठ÷नौ वर्षभएको र उनीबाट दुई वटा सन्तानसमेत जन्मिसकेको प्रहरीले जनाएको छ ।