विद्यार्थी नेता ले पशुपति शर्मा लाई अबुझ र कायर भने पछि?
कृष्ण प्रसाद रिजाल
(लुट्न सके लुट होइन )२
(भुट्न सके भुट कान्छा )२
अन्याय र अत्याचार अति भयो
भ्रष्ट दलाल ठेकेदार नेता कर्मचारी भुट
राजा होइन राजनेता बन्ने अवसर छ
आफू लुट्ने होइन लुटिखानेहरु लाई भुट ।
वाइडवडी जहाज किने अरे लुट्नु सम्म लुटे
सुनकान्ड कता पुग्यो जेलमै छ्न कि छुटे
नियम कानुन सानालाइ हो ठुला तेसै छुटे
अन्याय अत्याचार बढ्न थालो कान्छा भ्रटचारिलाइ भुटेस ।
लुट्न सके लुट होइन भुट्न सके भुट कान्छा
राजा होइन राजनेता बन्ने अवसर छ
आफू लुट्ने होइन लुटिखाने हरुलाइ एकै ठाउमा भुट
भुट्न सके भुट कान्छा भुट्न सके भुट ।
लुट्न सके लुट भन्ने अबुझ र कायरहरु ले हो
त्यसैले कान्छा आफू लुट्ने होइन लुटेराहरु लाई भुट।