सहमति एक अर्थ अनेक? “स्वतन्त्र मधेश राष्ट्रको नारा सिके राउतले लगाउन छोडेनन्

काठमाडौं,फागुन २६।गत शुक्रबार मात्र सरकार र सिके राउतबीच ११ बुँदे राजनितीक सहमति भयो । जुन सहमतिमा सिके राउतले अखण्ड नेपालको स्वामित्व स्वीकार गर्ने , मुलधारको राजनितीमा आउने र बिखण्डनको लगायतका अभियान रोक्ने घोषणा गरे । जुन कार्यक्रममा पहिलो पटक देश बिखण्डनको मुद्धा खेपिरहेका सिके राउतसंगै प्रधानमन्त्री केपी शर्मा ओली , प्रचण्ड , रामबहादु थापा बादल लगायत रहेका थिए ।यता सिके राउतले राजनितीक सहमति गरेसंगै समग्र मधेशी जनताको जीत भन्दै तराई–मधेशमा दिपावली नै गरियो जहाँ स्वतन्त्र मधेश लेखिएको व्यानरहरु पनि थिए ।

जसलाई सिके राउतले मजाले सामाजिक सञ्जालमा सेयर गरे । त्यतीमात्र होईन उनले एक स्टाटस नै लेखेर ११ बुँदे सहमतिले मधेश राष्ट्र जन्मियो भनेर लेखेका छन् । जुन सरकारसंग गरेको सहमति बिपरित थियो ।सार्वजनिकरुपमा नै स्वतन्त्र मधेशको अभियान छा डेर अखण्ड नेपाल स्वीर्कार्ने प्रतिबद्धता जनाएका सिके राउतको यस्तो अभिव्यक्तिले उनीमाथि उब्जिएको विश्वास घटेको छ भने उनको नियतमाथि नै शंका देखिएको छ ।यसरी हेर्दा सरकारसँग गरिएको उक्त सम्झौताले स्वतन्त्र मधेश राष्ट्रको नारा लिएर अगाडि बढि रहेका सिके राउतलाई झन राहत मिलेको देखिन्छ ।

 

उनले सरकारसंग सम्झौता गरे पनि उनको रवैया भने पुरानै देखिएको छ । अहिले त झन उनले राज्यकै समर्थनमा आफ्ना मुद्दाहरुको प्रचार गरिहेका छन् । कतिसम्म भने उनले लेखेका छन् ‘सरकार जनमतसंग्रह कराने राजी, जनता जनमत प्रयोग करके अपनी मांग पूरा करने सक्षम’ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । त्यस्तै सरकारसँग गरिएको सम्झौतापछि उनले लेखेका थिए, ‘जनमत गराउन सरकार सहमत, स्वतन्त्र मधेश गठबन्धनको सबै मुद्दा फिर्ता हुने।’सरकारसंगको सहमतिपछि सिके राउत झनै उग्र देखि एका छन् जुन राष्ट्रका लागि खतरनाक साबित हुन सक्छ ।

 

सरकारसँगको सहमतिपछि सिके राउत र उनका समर्थकहरुले बैध तरिकाले नै स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै हिडेका छन् । जसको यतिबेला चौतर्फी बिरोध भईरहेको छ । बिपक्षीमात्र होईन सिके राउतको यस्तो अभिव्यक्तिले जनतासमक्ष पनि आक्रोस बढे को छ भने सरकारले देश बिखण्डनको अभियान बोकेर हिडेका सिके राउतसंग गरिएको सम्झौतामा केटाकेटी पारा देखिएको भन्दै आक्रोस बढिरहेको छ ।