सांसदलाई मोबाइल नचलाउन अध्यक्षको निर्देशन

काठमाडौँ, बैशाख १६ । राष्ट्रियसभाको बैठक चलिरहँदा सांसदहरु मोबाइल चलाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मोबाइल नचलाउन निर्देशन गरेका छन् ।

 

 

‘माननीय सदस्यहरु, बैठक कक्षमा बैठक चलिरहँदा मोबाइल बज्ने, उठाउने क्रम बारम्बार देखिएको छ, आजदेखि अब उप्रान्त बैठक कक्षमा मोबाइलहरु बज्ने छैनन । उठाइने छैनन,’ निर्देशन दिदैं अध्यक्ष तिमिल्सिनाले भने, ‘कि साइलेन्टमा हुनेछन् । कि स्विच अफ हुनेछन् । म यो निर्देश जारी गर्दछु ।