जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

पाल्पा, चैत १६ । निस्दी गाउँपालिका–७ मा जन्ती सवारी जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।

 

घटनामा परेका एक जना भने सकशुल रहेको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए । मृतकको सनाखत भइसकेको छैन । उद्दार र थप अनुसन्धानको भइरहेको पोखरेलले बताए ।