बैशाख ३० गते सार्वजनिक विदा

लितपुर, बैशाख १६ । ललितपुर महानगरपालिकाले बैशाख ३० गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सतवार्षिकी मनाउन विदा दिइएको ललितपुर महानगरले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मेयर चिरीबाबु महर्जनले बताएका हुन् । ललितपुर महानगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिने मेयर महर्जनले बताए ।

 

वाङमय शताब्दी पुरुष संस्कृतिविद जोशी वैशाख ३० गते ९९ वर्ष पूरा भई सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । सत्यमोहन जोशीको सतवार्षिकी मनाउन महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा १ सय १ सदस्यीय समिति गठन गरिएको छ ।

 

उक्त समितिमा राष्ट्रिय सभाका सांसदहरु, प्रतिनिधि सभाका सांसाद, प्रदेश सभाका सांसद, काठमाडौं महानगरपालिकाका मेयर लगायत छिमेकी नगरपालिकाका मेयरहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

 

शताब्दी महोत्सवको पहिलो दिन वैशाख ३० गते बाजागाजा सहित ¥याली, राष्ट्रपतिको प्रमुख आथिथ्यतामा विशेष कार्यक्रम, रक्तदान, दिपावली र महानगरभित्र स्थायी बसोबास गर्ने १ सय वर्ष पूरा गरेका जेष्ठ नागगरिहरुलाई यथोचित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

 

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशताब्दी महोत्सवका अवसरमा वर्षभरि गरिने कार्यक्रम समेत सार्वजनिक गरिएको थियो ।