राष्ट्रपति भण्डारी र सी चिनफिङबीच भेटवार्ता

बेइजिङ्ग,बैशाख १६। चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियां समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ । बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) को दोस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन बेइजिङ्ग पुगेकी राष्ट्रपति भण्डारी र सीबीच सोमबार दिउंसो भेटवार्ता भएको हो । चीनको सरकारी मुख्यालय ग्रेट हलमा भएको औपचारिक भेटवार्ता द्धिपक्षिय हितका विषयमा छलफल भएको हो ।

नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षपछि बेइजिङमा पहिलो पटक नेपाल र चीनका राष्ट्रपतिबीच दुई पक्षीय औपचारिक भेटावार्ता भएको हो ।

 

चिनियां कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजना गरेको दिवाभोजका क्रममा भण्डारी र सीबीच भेटवार्ता भएको हो।

 

राष्ट्रपति भण्डारी बीआरआईको दोस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनका राष्ट्रपतिको निमन्त्रणामा राजकीय भ्रमणका क्रममा बेइजिङ पुगेकी हुन्।

चिनियां राष्ट्रपति सीसंगको भेटवार्तासंगै राष्ट्रपति भण्डारीको बेइजिङ भ्रमण सम्पन्न भएको हो ।