फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, बैशाख १९। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । बिहीबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरेको हो ।

 

मूल्य बढेपछि आगामी शुक्रबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ ।आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो।

१८ वैशाखमा भारतीय आयल कर्पोरेसन आइओसी ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।