काँग्रेसको विभाग गठनमा विवाद

ललितपुर, साउन १३  । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा विभाग गठन सम्बन्धमा दुई खेमाको मत बाझिएको छ । केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले विभाग गठन सम्बन्धमा विधानले गरेको व्यवस्थालाई आआफ्नै अनुकूल व्याख्या गरेका छन् ।

 

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमति नभए निर्वाचन गरेरै स्थानीयदेखि प्रदेश समितिको टुङ्गो लगाउन जोड दिनुभयो ।

 

नेता सिंहकै धारणामा सहमति जनाउनुहुँदै अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले चुनावी प्रक्रियाबाटै समितिहरू गठन हुनुपर्नेमा जोड दिनुभयो । यसअघि मन्तव्य राख्नुभएका संस्थापन पक्षधर केन्द्रीय सदस्यहरुले भने सहमतिमै स्थानीयदेखि विभागको टुङ्गो लगाउनुपर्ने बताउँदै आएका छन् । गाेरखापत्रदैनिकमा खबर छ।