सिरहा मा एक वर्षमा ८८ जनाले गरे आत्महत्या

लहान,भदाै ११ । आर्थिक वर्ष २०७५/०७६ मा सिरहामा ८८ जनाले आत्महत्या गरेकोप्रहरीको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवम्डिएसपी अपिल बोहरनले झुण्डिएर आत्महत्या गर्ने ५१ जना रहेको बताए । विषसेवन गरेर ३७ जनाले आत्महत्या गरेका छन् ।

 

आर्थिक वर्ष २०७४÷०७५ मा ४० जनाले झुण्डिएर आत्महत्या गर्दा २२ जनालेविष सेवन गरेर आत्महत्या गरेको प्रहरीसँग तथ्याङ्क छ । हरेक वर्षआत्महत्याको दर बढिरहेको प्रहरीले जनाएको छ । आव २०७३/०७४ मा भने ३४ जनालेझुण्डिएर र १३ जनाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ ।

 

तीन वर्षको तथ्याङ्क केलाउँदा हरेक वर्ष आत्महत्या गर्ने दर बढेकोडिएसपी बोहरनले बताए । ‘आत्महत्या विभिन्न कारणले भइरहेको छ, कतिपय मानसिकसमस्याका कारणले मरिरहेका छन् भने कतिपय साथीभाइ, परिवार, लागूऔषध, बेरोजगार, सम्बन्धविच्छेद कारण भइरहेका छन् ।’ उनले भने ।

आत्महत्याका पूर्व लक्षणहरू

प्रायः एकान्तमा बसी टोलाउने, सामान्य कुराकानीमा पनि रिसाउने, झर्कने, आवेशमा आउने जस्ता अस्वाभाविक व्यवहारहरू देखाउनेलगायत रहेका छन् । त्यस्तैलागूऔषध, मादक पदार्थ सेवन, समयमा खानपिन नगर्ने, मानसिक सन्तुलन ठीकनभएजस्तो देखिने चाँडै भावुक हुने, उत्तेजित हुनेलगायतका समस्याहरू देखिनथाल्ने मनोविश्लेषकहरू बताउँछन् ।

आत्महत्या नियन्त्रणका उपाय

परिवार तथा समाजमा माथिका लक्षण देखिन थालेमा समयमै पहिचान गरी मनोचिकित्सकलाई देखाउन सके सम्भावित घटना रोक्न सकिन्छ ।नेपाल समाचारपत्रमा खबर छ।