यूएईमा छ जना नेपालीको मृत्यु

काठमाडौँ,असोज १४ गते । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा भएको सवारी दुर्घटनामा छ जना नेपालीको मृत्यु भएको छ ।

 

स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।

 

दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको बताइएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनाबारे दूतावासले थप जानकारी लिइरहेको आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गर्नुभएको छ ।गाेरखापत्रमा खबर छ।