बझाङमा दुई बालकको हिउँमा पुरीएर मृत्यु

बझाङ,पुस १ ।हिउमा पुरीएर बझाङमा दुई बालकको मृत्यु भएको छ । सुर्मा गाँउपालीका वडा नम्बर १ बस्ने १८ बर्षिया कविराज बोहरा र १४ बर्षिया शहदेब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश बमले जानकारि दिनु भयो ।

 

मंसिर २५ गते घरबाट सुर्मा गाँउपालीकाको ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्ने भन्दै गएका दुबै जनाको हिममा पुरीए मृत्यु भएको हो । लगातार परेको हिमपातका कारण दुबै जनाको कठ्याङ्ग्रीएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

जडीबुटी संकलन गर्न गएका दुबै जना घर नफर्कीए पछि खोजी गर्दै जाँदा मंगलबार दुबै जना मृत अवस्थामा फेला परेको सुर्मा गाँउपालीकाका अध्यक्ष नर बहादुर बोहराले बताउनु भयो । अहिले प्रहरी चौकी दौलीचौर बाट घटना स्थलमा प्रहरी टोली खटीगएको र थप अनुसन्धान हुन बाँकी रहेको डीएसपि बमले बताउनु भयो ।