गाँउलेले लगाए सडकमा पर्खाल

बझाङ,पौष १६ ।बझाङ सदरमुकाम चैनपुर बाट आफ्नो गाँउ पुग्न १५ किलोमिटर मात्रै भएपनि जीप ब्यावसायिहरुले तिन सय रुपैया भाडा लिने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा दोब्बर भाडा जीप ब्यावसायिहरुले लिन थालेपछि स्थानीय बासिन्दाले सडकमा नै पर्खाल लगाएका हुन्। मष्टा गाँउपालीका वडा नम्बर २ बाडेगाँउका स्थानीय बासिन्दाले आफ्नो गाँउ जाने शाखा सडकमा पर्खाल लगायका छन्।

 

आफुहरु १५० वा २०० सम्म भाडा तिर्न तयार भएपनि जीप ब्यावसायिहरुले तिन सय भन्दा तल एक रुपैया नबुझ्ने गरेकाले त्यस्तै क्षमता भन्दा दोब्बर यात्रु राख्ने गरेको स्थानीय बासिन्दाले गुनासाे गरेका छन् । एउटा जीपमा अघाडी र पछाडी गरेर १०/१२ जनाको सिट भए पनि २०/ २५ जना यात्रु जबरजस्ति राख्ने गरेकाे स्थानीय बासिन्दाले बताएका छन् ।

 

त्यस्तै काम विषेशले चैनपुर आएको समयमा चैनपुर बाट बाडेगाँउ सम्म पुग्न पनि तिन सय रुपैया तिर्दै आएको  यहाँका स्थानीय बासिन्दाहरुले पनि तिन सय रूपाैया नै भाडा तिर्ने गरेका स्थानीय बासिन्दाले बताउनु भयो । जीप ब्यावसायिहरुले मनोमानी गरेपछि यहाँका सबै युवा तथा गाँउलेहरु मिले्र सडक नै बन्द गराउन आफुहरु बाध्य भएको उहाँहरूको भनाई छ ।

यता जिल्ला प्रशासन कार्यालय बझाङले भने कच्चि सडकहरुमा प्रतिकिलो मिटर ८ र पक्की सडकमा बागथला सम्म प्रतिकिलो मिटर ५ रुपैया भाडादर तोकेको छ । जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादर अनुसार बाडेगाँउ सम्मको १२० रुपैया भाडा भए पनि जीप ब्यावसायिहरुले भने तिन सय लिने गरेको स्थानीय बासिन्दाले बताउनु भयो ।

 

प्रशासनले तोकेको भाडा दर यती छ भनेर जीप ब्यावसायि संग कुरा गर्दा उल्टै प्रशासनको जीप हो र भन्दै जीप ब्यावसायिहरुले आफुहरुलाई धम्काउने गरेको उहाँको भनाई छ । साथै उहाँले प्रशासनले गरेको निर्णय समेत जीप ब्यावसायिहरुले नटेरेकाे स्थानीय बासिन्दाकाे भनाइ छ।  

 

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि गणेश बमले भने यस बारेमा आफुहरुलाई जानकारी नभएको र अहिले तत्कालै के भएको हो भन्ने विषयमा प्रहरी टोली घटना स्थल तर्फ पठाउने बताउनु भयो । साथै उहाँले यदी दोब्बर भाडा असुलेको फेला परे जीप ब्यावसायिहरुलाई कारवाही गर्ने बताएका छन् ।