ठूलो परिमाणमा हतियार बरामद

हुप्सेकोट (नवलपरासी), चैत्र ७ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा ठूलो परिमाणमा मा हतियार बरामद भएको छ ।

हुप्सेकोट गाउँपालिका वडा न २ बाट बिहीबार हतियार बरामद भएको र स्थानीयले दश थान भन्दा बढि हतियार प्रहरीले बरामद गरेको भए पनि जिल्ला प्रहरी कार्यालयले संख्या भने अझैं सार्वजनिक गरेको छैन ।

 

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले हतियार बरामद भएको पुष्टि गर्दै अनुसन्धानको दायरा फराकिलो पारी तीब्र अनुसन्धान भैरहेको र यसमा को को संलग्न रहेका छन् त्यसको एकिन अनुसन्धान पछि मात्र खुल्ने प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।

 

घटनाको जिल्ला प्रहरी कार्यालयले समेत पुष्टि गर्दै यसमा संलग्न एकजना पक्राउ परेकोे प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि हतियार बरामद भएको पुष्टि गरे पनि परिमाण बताउन चाहनुभएन ।

 

दश थान भन्दा बढि आधुनिक हतियार बरामद भएको स्थानीयबासीले पुष्टि गरे पनि स्थानीय प्रहरी र प्रशासनले संख्या एकिन गरेको छैन गाेरखापत्र दैनिकमा खबर छ।