स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

बर्दिया, चैत १९ । स्यानिटाइजर कालो बजारी गरेको अभियोगमा बासगढी नगरपालिका वडा नं.५ बासगढी बजारस्थित बुद्ध मेडिकल हलका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय वुद्धि चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को कारण उत्पन्न बिषम परिस्थितिमा मेडिकल सामाग्री स्यानिटाइजर हालको बजार दररेट भन्दा बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।